२०८१ चैत्र ५ मंगलवार

काठमाडौं । बैंकिङ प्रणालीमा ५८ खर्ब ६ अर्ब निक्षेप पुगेको छ। पछिल्लो एक दिनमा १४ अर्ब निक्षेप थपिएसँगै प्रणालीमा ५८ खर्ब ६ अर्ब निक्षेप पुगेको हो। असोज १३ गतेसम्म प्रणालीमा ५७ खर्ब ९२ अर्ब रहेको थियो। निक्षेप बढ्न थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाउन थालेका छन्।

असोज १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ३० अर्ब लगानी गरेका थिए। जुन पछिल्लो एक दिनमा २ अर्बले बढेर ४९ खर्ब ३२ अर्ब पुगेको हो। असोज १४ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा मात्रै ५१ खर्ब २४ अर्ब निक्षेप पुगेको छ। असोज १३ गतेसम्म वाणिज्य बैंकहरुमा ५१ खर्ब ११ अर्ब निक्षेप थियो।

वाणिज्य बैंकहरुमा एकैदिन १३ अर्ब निक्षेप थपिदा २ अर्ब कर्जा प्रवाह गरेका छन्। असोज १४ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४३ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप निरन्तर थपिदै जादा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात सीडी रेसियो ८२.०५ प्रतिशतमा आएको छ।

उता अन्तर बैंक ब्याजदर समेत घट्दै गएको छ। असोज १४ गतेसम्म आइपुग्दा अन्तर बैंक ब्याजदर २.५२ प्रतिशतमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय