२०८१ माघ २४ बिहीबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म वैदेशिक व्यापार निराशाजनक अवस्थामा रहेको छ । साउन र भदौ दुई महिनामा वैदेशिक व्यापारका सबै उपसूचकांकहरुको वृद्धिदर नकारात्मक छ ।

निर्यात व्यापार सबैभन्दा बढी अर्थात ७.७९ प्रतिशतले घटेको छ । चालू आवको दुई महिनामा निर्यात २६ अर्ब ४४ करोड ७० लाखमा सीमित छ भने आयात पनि ५.०६ प्रतिशतले घटेको छ ।

भदौसम्ममा मुलुकमा २ खर्ब ५९ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरका सामग्रीहरु आायात भएका छन् भने यो अवधिमा २ खर्ब ३३ अर्बको व्यापारघाटा भएको छ ।

व्यापारघाटा ४.७४ प्रतिशतले कमी देखिएको यस अवधिमा कूल वैदेशिक व्यापारको आकार समेत बढ्न सकेको छैन । दुई महिनामा २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय