२०८१ चैत्र २ शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार दैनिक आयात १० केजीबाट बढाएर २० केजी आयात गर्न पाउने व्यवस्था गरिएको हो । यो व्यवस्था सम्बन्धी आज वा भोली सर्कुलर जारी हुने बताइएको छ ।

यसअघि वाणिज्य बैंकहरूले दैनिक १० केजी सुन आयात गर्न पाउने व्यवस्था थियो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन पत्र लेखेको थियो,” स्रोतले भन्यो, “सोही अनुसार कोटा बढाउने निर्णय भएको छ । अब सर्कुलरमार्फत जानकारी दिइनेछ ।”

वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले २०७८ फागुन २२ गते एक परिपत्र जारी गरी दैनिक कोटा १० किलोमा झारेको थियो । त्यसयता नियमित वाणिज्य बैंकहरूले दैनिक १० केजी सुन आयात गरिरहेका थिए । तर, व्यवसायीहरूले भने नेपाली बजारमा दैनिक ३० देखि ४० केजीसम्म माग भएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय