२०८१ माघ २५ शुक्रबार

काठमाण्डौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने अनुमान गरेको छ । बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर २०२३) प्रतिवेदनमा सो अनुमान गरिएको छ । प्रतिवेदनमा गत आर्थिक वर्ष २०२३ (सेप्टेम्बरसम्म) नेपालको आर्थिक वृद्धि १. ९ प्रतिशत रहेको औंल्याइएको छ ।

त्यस्तै गत आर्थिक वर्ष भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत रहेको र चालु वर्षमा ६.७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा गत आर्थिक वर्ष माल्दिभ्सको आर्थिक वृद्धि सबैभन्दा धेरै ७.१ प्रतिशत रहेको र चालु वर्ष पनि माल्दिभ्सकै सबैभन्दा धेरै ६.९ प्रतिशत रहने अनुमान छ । गत वर्ष आर्थिक वृद्धि ३ प्रतिशतले ऋणात्मक रहेको श्रीलंकाको आर्थिक वृद्धि पनि चालु वर्ष १.३ प्रतिशत रहने एडीबीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय