२०८२ फाल्गुन २७ बुधबार

काठमाडाैं । नेपाल वायुसेवा निगमले भाद्र २० गते (६ सेप्टेम्बर २०२३) देखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ । उडान तालिका अनुसार काठमाडौबाट २२:४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

काठमाडौ दमाम काठमाडौ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधवार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट www.nepalairlines.com.np मा लगइन गरि अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर