२०८१ चैत्र २ शनिबार

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिन्डर २३५ रुपैयाँले वृद्धि गरेको छ। निगमले शुक्रबारदेखि लागू हुनेगरी मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बढेको मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम हुने छ। यसअघि एक हजार ६६० रुपैयाँ कायम थियो।

यस्तै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ बढाइएको हो। पेट्रोल, डिजेल र मट्टीतेलमा भने वर्ग अनुसार मूल्य फरक पर्ने छ। निगमका अनुसार आइओसीबाट पेट्रोल र डिजेलमा क्रमशः ३ रुपैया १७ पैसा र २ रुपैयाँ ४८ पैसा मूल्य बढेर आएको छ। यस्तै ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय