२०८१ मंसिर २३ आईतवार

काठमाडौं । सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम ‘अल अर नन’ (एओेएन) नेपाल स्टक एक्सचेन्जले जेठ ३० देखि बन्द गरेको छ ।नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर हटाएको हो । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जले डिसएबल गरेको एओएन (अल अर नन) के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार धितोपत्र बोर्डको निर्देशनपछि बन्द गरिएको हो ।

यदि तपाइले एओएनमा सेयर बिक्रीका लागि एकसय ५० कित्ता राख्नु भएको छ भने कि सबै बिक्री हुन्छ कि त बिक्री नै हुँदैन । अर्को नन भन्ने विकल्प पनि छ जसमा १५० कित्ता बिक्री अडर गरिएको छ भने सय कित्ता बिक्री गरेर ५० कित्ता राख्न पनि सकिन्छ । तर एओनमा कि त बिक्री हुन्छ कि त हुँदैन भन्ने हो । एओएन (अल अर नन) भनेको सेयर बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ हुन्छ । जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर खरिद बिक्री गर्न पाउँदैन एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् । तर यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो लगानीकर्ताको रहेको नेप्सेको दाबी छ । यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गर्दै आएको बताइन्छ ।

पछिल्ला दिनका एओएनमा कृत्रिम कारोबार भएको गुनासो बढ्न थालेपछि नेप्सेले एओएन नै बन्द गरेको बताएको छ । एओएन डिसएबल गर्दा कसैलाई पनि हानी नोक्सानी नहुने प्रवक्ता पराजुलीले बताए । यो बिक्री अर्थात खरिद दुबैतर्फ लागु हुने भएकाले हानी नहुने नेप्सेको भनाइ छ । तर, यता लगानीकर्ता कमल खरेल साना तथा ठुला दुबै खालका लगानीकर्तालाई घाटा हुने बताउँछन् । यो पनि धितोपत्र बोर्ड र सिडिएसले दिएको अनुमतिकै आधारमा बनेकाले यसमा एकदिनमा १० प्रतिशतभन्दा बढ्न नि नपाउने भएकाले एओएन हुनुपर्ने उनको भनाइ छ । कित्ता टुक्र्याएर ब्रोकरलाई धनी बनाउने नियामकको चाल भएको उनको आरोप छ । उनी भन्छन, ‘मैले १० लाख बेच्नु छ भने अल और नन गरेर राख्न पाउँथे सबै बिक्री हुन्थ्यो । ब्रोकर कमिशन ०.२५ तिर्दा हुन्थ्यो भने अब टुक्रायाइ टुक्रायाइ बेच्दा ०.५ प्रतिशत तिर्नुपर्छ । पहिला २५ हजार कमिशन तिर्दा हुन्थ्यो भने अब ५० हजार तिर्नुपर्ने भयो ।’

एओएनमार्फत् ब्रोकर कमिसन केही कम पर्ने भएकाले त्यसको प्रयोग गर्ने गरेको लगानीकर्ताहरूको तर्क छ । तर नेप्से केही तलमाथि परेपनि कमिशन बढाउन नखोजेको बताउँछ । पाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि लागू हुने गरी आईओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।

कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो । नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ । टिएमएसमा आईओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो । मानौं, तपाईले कुनै कम्पनीको २ सय रुपैयाँ दरमा एक हजार कित्ता सेयर किन्न अर्डरमा बस्नु भयो । सोही मूल्यमा अर्को एक हजार कित्ता बेच्ने मान्छे आयो भने मात्रै कारोबार हुन्छ ।

तपाईंले तोकेको मूल्यमा अर्को व्यक्ति बेच्न बसेको छ तर एक हजार कित्ता भन्दा एक कित्ता तल भए पनि कारोबार हुँदैन । खरिदमा जस्तै बिक्रीमा पनि सोहि व्यवस्था लागू हुन्छ । यसरी खरिद वा बिक्रीमा कृत्रिम धेरै चाप देखाउँदा सोझा लगानीकर्ताहरु झुक्किने र फस्ने खतरा हुन्छ । यसकारण विद्यमान उक्त व्यवस्थालाई फेरबदल गरी एक हजार कित्ता अर्डरमा बसे पनि त्यो भन्दा थोरै कित्ता आउँदा समेत कारोबार हुनसक्ने गरी बोर्डले निर्देशन दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय