२०८२ माघ १ बिहीबार

काठमाडौं । केडिया समुह अन्तर्गतो वृज एडिटिभ्सले वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको छ । वाटर प्रुफिङ्गका लागी कम्पनीले ल्याएको वेदर प्रो प्लस २५० बिज्र सेफ्रिकेटले घरलाइ पानीले पु–याउने क्षतिबाट बचाउनुका साथै पीलर, बीम,स्ल्याब र स्टिललाइ खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान गर्ने छ ।

बजारमा आएका विभिन्न उत्पादन मध्ये वेदर प्रो प्लसलाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने व्रिज सेफ्रिकेट भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिन्छ । यस अतिरिक्त, एडमिक्सर सलुशन्स अन्तर्गत वृज एडिटिभ्सले सिक्कोन फ्लोमिक्स पनि ल्याएको छ । सरोकारवालाका लागि वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुशनमा ठूला परियोजनाको लागि अत्ति उत्तम हुुने र सबैको माझ लोकप्रिय हुने कम्पनीले दावी गरेको छ ।

उक्त कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले स्वागत गर्दै उत्पादित बस्तुले ग्रहाक तथा निर्माणकर्मी हरुको मन जित्ने आशा समेत ब्यक्त गर्नुभएको थियो भने चर्चित कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले सबैलाइ मनोरञ्जन प्रदान गरि समारोहलाइ रमणीय र स्मरणीय बनाउन सहयोग गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर