२०८१ चैत्र १४ बिहीबार

काठमाडौँ । सबै वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा उल्लेख्य वृद्धि देखिएको छ । जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिन्छ ।

नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ ।

प्राइम कमर्सियल र कुमारी बैंकको नाफा भने अघिल्लो वर्ष २०७८/७९ को तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको हो । यी दुबै बैंकको निष्क्रिय (समयमै उठ्न नसकेको) कर्जा हृवात्तै बढ्दा नाफामा असर देखिएको हो । कुमारीको निष्क्रिय कर्जा ४.७७ प्रतिशत र प्राइम कमर्सियलको ४.२३ प्रतिशत पुगेको छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा माथि गएमा राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था छ ।

धेरैजसो बैंकको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । सो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । २०७८/७९ मा १९ रुपैयाँ ९८ पैसा थियो ।

बैंकहरूको नाफा विवरण :

बैंक नाफा (असार, २०८०) नाफा (असार २०७९)
नबिल ७ अर्ब ५२ करोड ७१ लाख ४ अर्ब २५ करोड ६० लाख
ग्लोबल आईएमई ७ अर्ब २५ करोड ३४ लाख ४ अर्ब ९५ करोड ९२ लाख
राष्ट्रिय वाणिज्य ४ अर्ब ९१ करोड ७१ लाख ४ अर्ब २९ करोड २८ लाख
एनआईसी एसिया ४ अर्ब ६५ करोड १३ लाख ४ अर्ब २१ करोड ४९ लाख
इन्भेस्टमेन्ट मेगा ४ अर्ब २९ करोड ६६ लाख ३ अर्ब ७९ करोड ७६ लाख
स्टान्डर्ड चार्टर्ड ३ अर्ब ५२ करोड ५४ लाख २ अर्ब २५ करोड ५९ लाख
नेपाल ३ अर्ब ४१ करोड १५ लाख २ अर्ब ९२ करोड ३२ लाख
एनएमबी ३ अर्ब ४१ करोड ४ लाख ३ अर्ब २९ करोड १० लाख
एभरेस्ट ३ अर्ब ३९ करोड ३१ लाख २ अर्ब ४७ करोड ९४ लाख
हिमालयन ३ अर्ब २६ करोड ६१ लाख २ अर्ब ३६ करोड ७५ लाख
सिद्धार्थ ३ अर्ब १९ करोड १ लाख २ अर्ब ९० करोड २४ लाख
कृषि विकास ३ अर्ब ९ करोड ९३ लाख २ अर्ब २२ करोड ५७ लाख
प्रभु २ अर्ब ८२ करोड ५२ लाख १ अर्ब ९० करोड २० लाख
सानिमा २ अर्ब ६१ करोड ९२ लाख २ अर्ब ९ करोड ३१ लाख
प्राइम कमर्सियल २ अर्ब २६ करोड ३१ लाख २ अर्ब ७८ करोड ७३ लाख
लक्ष्मी सनराइज २ अर्ब २६ करोड १८ लाख १ अर्ब ५१ करोड ३४ लाख
एसबीआई २ अर्ब २४ करोड १६ लाख १ अर्ब ६३ करोड ८३ लाख
सिटिजन्स २ अर्ब २१ करोड ४४ लाख २ अर्ब ५६ लाख
कुमारी १ अर्ब ९५ करोड ७१ लाख २ अर्ब ५७ करोड ९८ लाख
माछापुच्छ्रे १ अर्ब ८५ करोड ११ लाख १ अर्ब ६८ करोड ६६ लाख

बैंकहरूको प्रतिसेयर आम्दानी :

बैंक प्रतिसेयर आम्दानी (असार २०८०) प्रतिसेयर आम्दानी (असार २०७९)
एनआईसी एसिया ४०.२२ ३६.४५
स्टान्डर्ड चार्टर्ड ३७.३९ २३.९२
राष्ट्रिय वाणिज्य ३३.९६ ३४.८५
एभरेस्ट ३१.७२ २६.३
नबिल २७.८२ १८.६४
नेपाल २३.२२ २०.२९
सिद्धार्थ २२.६४ २०.६
एसबीआई २२.१५ १६.१९
सानिमा २१.०२ १८.४८
कृषि विकास २०.६२ १४.४१
ग्लोबल आईएमई २०.२८ २०.८४
लक्ष्मी सनराइज १९.४४ १३.८८
एनएमबी १८.५७ १७.९२
माछापुच्छ्रे १८.०५ १६.४४
इन्भेस्टमेन्ट मेगा १६.०७ २०.७४
सिटिजन्स १५.५९ १४.१२
हिमालयन १५.०८ १८.२६
प्रभु १२ १४.९७
प्राइम कमर्सियल ११.६६ १४.९४
कुमारी ७.४६ १७.५४

स्रोत : बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय