२०८१ चैत्र २ शनिबार

काठमाडौं । पछिल्लो १० दिनमा बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै १० दिनमै प्राणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको हो ।

गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो। नयाँ आर्थिक वर्षको साउन १० गतेसम्म (१० दिनमै) १५० अर्ब रुपैयाँ निक्षेप घटेको छ। साउन १० गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा ५६ खर्ब १७ अर्ब निक्षेप छ।

साउन २ मा स्थानीयतहको १ खर्ब बढी रकम सरकारले फिर्ता लिएपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा निक्षेप घटेको देखिन्छ। प्राणालीबाट निक्षेप घटेसँगै कर्जा विस्तार समेत खुम्चिएको छ। गत असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन १० गतेसम्म २९ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा झरेको हो।

साथै, निक्षेपसँगै प्राणालीबाट कर्जा प्रवाह घट्दा कर्जा निक्षेपअनुपात (सीडी रेसियो) बढेर ८३.२७ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्तिम दिन ८१.६२ प्रतिशत थियो। यस्तै अन्तर बैंक कारोबार दर पनि बढेको छ। असार मसान्तमा अन्तर बैंक कारोबार दर ०.५३ रहेकामा अहिले बढेर ६.०५ प्रतिशत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय