
काठमाडौँ । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले यसवर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपूर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।
यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका मकवानपुरका विद्यार्थीलाई लक्षित गरी ल्याएको हो । एसईई परीक्षामा ३.६ जिपिएदेखि ४ जिपिए ल्याएको अवस्थामा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।
छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार, दोश्रो हुनेलाई तीन हजार पाँच सय, तेश्रो हुनेलाई दुई हजार पाँच सय, साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा एक हजा पाँच सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ।
यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाइट वा फेसबुक पेजमा गई उल्लेखित क्यूआरमा स्क्यान गरी फारम भर्न सकिने कम्पनीले जनाएको छ । आवेदकको फारम बुझाउने अन्तिम मिति यही साउन २१ सम्म तोकिएको छ ।