२०८१ चैत्र २ शनिबार

काठमाडाैं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती ‘मेरिगोल्ड’ बजारमा ल्याएको छ । हरेक पवित्र अवसरलाई लक्षित गरेर मेरिगोल्ड बजारमा ल्याइएको प्रालिले जनाएको छ । आकर्षक प्याकेजीङ रहेको सयपत्रीका हरेक प्याकमा ९ इन्चका ४० काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकेटको मूल्य ५० रुपैयाँ कायम गरेको छ ।

यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका लागि उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । यस्तै यस अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई सुदृढ बनाउने विश्वास लिएको छ ।

यस नयाँ ब्रान्डले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकको मन जित्ने विश्वास कम्पनीले जनाएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जलि, त्रिसारा लगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय