२०८२ असार ३० सोमबार

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदा अन्तरबैंक ब्याजदर घटेर ५ प्रतिशतकाे हाराहारीमा झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर ६ प्रतिशत तल आएको हो। जेठ ३१ गते अन्तरबैंक ब्याजदर ५.७४ प्रतिशतमा झरेको छ। यसअघि लामो समयसम्म ७ प्रतिशत कायम रहेको अन्तरबैंक ब्याजदर जेठ ३० गते ६.१३ प्रतिशत थियो।

अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्छ। यसलाई बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको मान्न सकिन्छ। पछिल्लो ११ दिनमा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ५५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँको बढेको छ। गत जेठ २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ अर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ४८ अर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

यो ११ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्र बढेको छ। गत जेठ २० गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप थुप्रिने क्रम बढ्दै जाँदा बैंकहरुबाट कर्जा प्रवाहको स्थितिमा सुस्त देखिएको छ। जेठ २१ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८४.१९ प्रतिशतमा झरेको छ। गत जेठ २० गतेसम्म औसत सीडी रेसियो ८४.५६ प्रतिशत थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय