२०८२ श्रावण १ बिहीबार

काठमाडाैं । चालु आवको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिने कर्जा घटाएका छन्। गत वर्षको तुलनामा सम्रगमा सेयर धितो कर्जा घटे पनि २५ देखि ५० लाख सम्ममाको कर्जा भने बढेको छ।

वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जाबापत ७४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा यस्तो कर्जाबापत ९१ अर्ब ४१ करोड रुपैयाँ प्रवाह गरेका थिए।

यता बजारमा निरन्तरको गिरावट र तरलता समस्याबीच बैंकहरूले सेयर धितो राखेर दिने कर्जा घटाएका छन् । यसका साथै २५ करोडमाथिको कर्जाको जोखिम भार ‘डिमान्ड’समेत घटेको ती बैंकरको भनाइ छ।

गत वैशाख मसान्तसम्म ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा बढेको छ। गत वर्षको त्यही अवधिको तुलनामा यस्तो कर्जा थोरै बढेको हो। वैशाखसम्म ५० लाखदेखि १ करोडसम्मको सेयर धितोबापत बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा ११ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यही वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने २५ लाखसम्म, २५ देखि ५० लाखसम्म र १ करोडमाथिको सेयर धितो कर्जा दर घटेको छ। वैशाख मसान्तसम्म एक करोडमाथिको सेयर धितोकर्जा बापत ४४ अर्ब ६ करोड प्रवाह भएको छ। गत वर्ष त्यही अवधिमा बैंकहरूले ५५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

त्यसैगरी २५ करोडदेखि ५० करोडसम्मको सेयर धितो कर्जा १२ अर्ब ६६ करोड रुपैयाँ प्रवाह भएको छ। गत वर्ष त्यही अवधिमा यस्तो कर्जा १६ अर्ब ३० करोड प्रवाह भएको थियो।

यता २५ करोडसम्ममा सेयर धितो कर्जासमेत घटेको छ। यस्तो कर्जामा जोखिम भार १०० प्रतिशत रहेको छ। २५ लाखमाथिको सेयर धितो कर्जामा भने जोखिम भार १५० प्रतिशत छ। २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार कम हुँदासमेत कर्जा दर बढ्न सकेको छैन।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस्तोमा ६ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा २५ लाखसम्मको सेयर धितो कर्जा बापत ८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर