२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्यमान बैंकिङ कानूनहरूलाई परिमार्जन गर्ने भएको छ। गभर्नर महाप्रसाद अधिकारीका अनुसार केही नयाँ कानूनहरू मस्यौदा गरिएको छ । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधनको मस्यौदा तयारी भइरहेको बताए।

गभर्नर अधिकारीका अनुसार विनिमय अधिकारपत्र ऐन, २०३४, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्युरिटाइजेसन) सम्बन्धी कानुन पनि मस्यौदा तयार भएको छ।

वित्तीय स्थायित्वसहित समष्टिगत आर्थिक स्थिरता कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध भएको उनले बताए। गभर्नर अधिकारीले २०७९ सालको समीक्षा गर्दै समष्टिगत आर्थिक व्यवस्थापनको दृष्टिकोणले चुनौतीपूर्ण रहेको बताए। यो वर्ष भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न सक्रिय रहेको उनको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर