२०८१ माघ २९ मंगलवार

काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालि सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिममूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने छ । बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने अपेक्षा राखेको छ । यो प्रणाली भित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउने बैकले बताएको छ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालि तग्राहकको उद्देश्य मूल्याकनका साथै विषयगत प्यारामिटरको मानकीकरणको रुपमा पनि रहेको छ । नयाँ प्रणाली कार्यान्वयन भए संगै बैंक र अन्य उपभोक्ताले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने पनि विज्ञप्तिमा उल्लेख छ । एसबी सल्युसन हालसालै डिजी हब प्रालि सँग आफ्नो संस्था गाभेको छ । डिजी हब प्रालि गैर आवासीय नेपाली ग्रुप द्वारा पदोन्नति गरिएको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय