२०८३ बैशाख १२ शनिबार

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावीले माहोल गर्माएको छ । चैत अन्तिमसम्म महासंघको नयाँ नेतृत्व विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्दैछन् ।

तर, महासंघको भावी अध्यक्षका रुपमा लिइने वरिष्ठ उपाध्यक्ष पदका लागि भने त्रिपक्षीय भिडन्त हुँदैछ । चुनावी मैदानमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, र रामचन्द्र संघाई भिड्ने भएका छन् । यहि चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेदवारी मनोनय सम्पन्न भएको छ ।

विधानअनुसार नै अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन्, भने वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्ष र सदस्य पदहरुमा निर्वाचनको प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुँदैछ । जसमा वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले मनोनय दर्ता गरएका छन् ।

अहिले तिनै समुह निर्वान परिणाम हात पार्न शक्ति संघर्षमा जुटेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठको साथमा जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एशोसियटतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समुहसँगको संयुक्त उम्मेदवार भरत आचार्य रहेको छ । कडा प्रतिस्पर्धामा देखिएका उम्मेदवारहरु भावि योजनाबारे के भन्छन् त ?

यता उमेशलाल श्रेष्ठको साथमा पनि जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसियटतर्फ संयुक्त उम्मेदवार भरत आचार्य छँदैछन् । मुलुकको खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न महासंघमा अहिले मजबुत नेतृत्वकर्ताको आवश्यक रहेकाले यो समुह अर्थतन्त्रका चुनौतीहरुसँग सामना गर्न सक्षम रहेको उमेशलाल श्रेष्ठको दाबी छ ।

त्यस्तै, रामचन्द्र संघाईको साथमा जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एशोसियट उपाध्यक्षमा जोत्सना श्रेष्ठ रहेका छन् । महासंघलाई थप प्रविधिमैत्री बनाउदै उद्योगी व्यवसायीहरुका समस्यालाई तत्काल सम्बोधन गर्न र मुलुकको आर्थिक क्षेत्रलाई मजबुत बनाउन यो समुहको जित निश्चित रहेको रामचन्द्र संघाईको दबी छ ।

यसरी हेर्दा अहिलेको संकटग्रस्त अर्थतन्त्र सुधार गर्ने योजनालाई तिनै समुहले साझा मुद्धाको रुपमा अघि सरेको देखिन्छ । देशभरी नै सञ्जाल विस्तार भएको नेपाल उद्योग वाणिज्य महासङ्घ सरकार पछिको सबैभन्दा ठूलो सञ्जालको रुपमा विस्तार हुँदै आएकाले पनि अहिले निर्वाचनतर्फ धेरैको ध्यान मोडिएको छ ।

वरिष्ठ उपाध्यक्षको बाजी कसले मार्ला? त्यो निर्वाचन परिणामले नै बताउने छ, तर अहिले मुलुकमा अर्थतन्त्रको गरिमा, महिमा, सशक्तता र अभ्यासहरु प्रभावकारी रुपमा वहन गर्न सक्ने नेतृत्वकर्ताको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर