२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ माघ मसान्तमा रु.७ अर्ब ८६ करोड लगानीमा रहेको छ । यस्तै सोही अवधिमा १ लाख ४८ हजार २ सय ९५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु. २१० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ३३५ ऋणीलाई प्रवाह भएको रु.१४२ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार १ सय ५ महिला उद्यमीलाई प्रवाह भएको रु.६५ अर्ब १९ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ५५ ऋणीको रु.३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ माघ मसान्तमा रु. ८८ करोड ५३ लाख बक्यौता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय