२०८१ माघ ११ शुक्रबार

काठमाडौँ । प्रहरीले मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालक द्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् । उनीहरूको साथबाट मापदण्ड विपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त हेल्थ केयरबाट मापदण्ड विपरीत सञ्जीवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो । उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय