२०८१ माघ २४ बिहीबार

काठमाडौं । कोभिड महामारीमा विभिन्न स्वास्थ्य पूर्वाधारको अभाव झेलिरहेका नेपालका थुप्रै अस्पतालहरूलाई बतास अर्गनाइजेसन अन्तर्गतको सामाजिक संस्था बतास फाउण्डेसनले अक्सिजन कन्सन्ट्रेटरका साथै विभिन्न राहत सामग्रीहरू उपलब्ध गराएको छ । यस अन्तरगत बतासका सदस्य मोहन बतासले दमौली जिल्ला सरकारी अस्पतालका लागि करिब १९ लाख रकम पर्ने १० थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका हुन । यसका साथै बतासको भगिनी संस्था बिपिएस पेट्रोलियमका प्रबन्ध सञ्चालक शिव अर्यालले देव चुली नगरपालिका वडा नं. ५ मा रहेको दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर र बन्दिपुर आधारभूत स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर देवचुली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिवलाल सापकोटा मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।

संस्थाले अतिरिक्त आइआरडब्लु नेपालको साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय घरपरिवारलाई अनुमानित लागत १३ लाख बराबरको खाद्यान्न प्याकेट उपलब्ध गराउने प्रकृयामा रहेको जानकारी दिएको छ । यसबाट उक्त पालिकाको प्रत्येक घर २५ केजी चामल, ३ केजी मुसुरोको दाल, नुन २ केजी, चिनी २ केजी, तेल तथा साबुन वितरण गरिने छ । यति मात्र नभई बतास फाउण्डेसनले आउँदो महिनामा रसुवाको नौकुण्ड अस्पतालका लागि अनुमानित १२ लाख बराबरको ५० थान अक्सिजन सिलिन्डर ९१० लिटर क्षमताका ३५ वटा तथा ४० लिटर क्षमताका १५ वटा स्वास्थ्य सामग्री उपलब्ध गराउने योजना रहेको रहेको पनि जानकारी दिएको छ । फाउण्डेसनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले सबै सहयोग गरी बतास अर्गनाइजेसनबाट करिब ४८ लाख रुपैयाँको सहयोग भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय