२०८३ बैशाख १२ शनिबार

काठमाडौं । विश्वमै शक्तिशाली मुद्राको रुपमा अमेरिकी डलरलाई मानिन्छ तर पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ निकै कमजोर बन्दै गएको छ । नेपाली अर्थतन्त्र कमजोर हुँदै जादाँ भविष्यमा नेपाली मुद्राको अवमूल्यन अझ हुन सक्ने अवस्था प्रति अर्थविद्हरुले चिन्ता गरेका छन् ।

नेपाली अर्थतन्त्र कमजोर बन्दै गर्दा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निकै कमजोर बन्दै गएको हो । अर्थतन्त्र आयातमुखी भएका कारणले पनि नेपालले निर्यात योग्य वस्तु तथा सेवाबाट बिदेशी मुद्र्रा आर्जन गर्न सकेको छैन् ।

नेपालको व्यापार घाटा बार्षिक बजेटको हाराहारीमा पुगेको छ । त्यस्तै नेपाली मुद्रालाई भारतीय मुद्रासँग आबद्ध गरेकोले पनि डलरसँग भारतीय मुद्रा फेरबदल हुदा त्यसको असर सिधै नेपाली मुद्रामा पर्ने गरेको छ ।

सरकारी नितिहरु निजि क्षेत्र मैत्री नहुनु, पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य लगानी आउन नसक्नु जस्ता कारणले पनि डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएको अर्थविद्को बुझाइ छ ।

अन्तर्राष्ट्रिय मुद्राको माग त्यो देशबाट हुने वस्तु तथा सेवाको आयात निर्यातबाट निर्धारित भएको हुन्छ । बढि वस्तु निर्यात गर्ने देशको मुद्राको माग बजारमा बढि हुन्छ र कम वस्तु निर्यात गर्ने देशको मुद्राको माग बजारमा कम हुन्छ ।

अमेरिकी अर्थतन्त्र बलियो भएकोले डलर पनि निकै मजबुत मानिन्छ । अमेरिकी डलर विश्वमा सबैभन्दा धरै कारोबार हुने मुद्रामा पहिलो नम्बरमा आउँछ ।अमेरिकाको केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाउने वित्तिकै संसार भरिको पुँजी अमेरिका जाने भएकाले पनि अन्य देशका मुद्राको तुलनामा अमेरिकी मुद्रा मजबुत भएको हो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यापार घाटा कम भएको, रेमिट्यान्समा वृद्धि भएकोले अहिले नै नेपाल अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको अर्थविद्को दाबी छ । विश्वमा धरै कारोबार हुने मुद्राहरुमा अमेरिकन डलर पहिलो र युरो करेन्सि दोस्रोे हो । त्यस्तै जापनिज ऐन, ब्रिटेनको पाउण्ड, चिनको युआन विश्वका शक्तिशाली मुद्राहरुको सूचीमा समावेश छन् ।

त्यस्तै, पछिल्लो समय नेपाली मुद्रा विश्व बजारमा कम्जोर हुँदै जानुमा कोभिडको प्रभाव, रसिया–युक्रेन युद्ध, विश्व आर्थिक मन्दी, पेट्रोलियम पदार्थमा मुल्य वृद्धि जस्ताकारण भएपनि नेपाल भित्रै बिग्रदो अर्थतन्त्रलाई सुधार गर्ने उपाएको खोजी गर्नपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर