२०८३ बैशाख १ मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन घट्दा सरकारलाई दैनिक खर्च धान्नै मुस्किल भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारको दैनिक आम्दानी भन्दा चालु खर्च धेरै देखिदै आएको छ। जसले गर्दाै दैनिक खर्च व्यवस्थापनमा समस्या परेको हो।

तथ्याँक अनुसार चालु आर्थिक वर्षको माघ २८ गतेसम्ममा कुल ५ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठेको छ। यो भनेको कुल लक्ष्यको ३६.४९ प्रतिशत मात्रै हो। यस पटक सरकारले राजस्व लक्ष्य बढाए पनि गत वर्षभन्दा पनि राजस्व संकलन घटेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा लक्ष्यकाे ५१.९६ प्रतिशत अर्थात ६ खर्ब १३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। तर यस वर्ष भने राजस्व संकलन ह्वातै घटेको छ।

पछिल्लो केहि दिनको तथ्याँक हेर्दा सरकारको आम्दानी भन्दा खर्च धेरै छ। माघ २७ गतेकै तथ्याँकमा पनि १ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन हुँदा ६ अर्ब ५५ करोड रुपैयाँ चालु खर्च भएको छ। यसले गर्दा सरकारलाई खर्च धान्न मुस्किल परेको देखिन्छ।

खर्च धान्न नसकेपछि अर्थमन्त्रालयले केहि दिन अघि मात्रै विभिन्न शिर्षकमा खर्च कटाैती गर्ने निर्णय गरेको थियो। अर्थतन्त्रमा मन्दी आँउदा सबै उद्योग व्यवसाय प्रभावित भएका छन्। माग घट्दा उद्योगहरु कम क्षमतामा मात्र चलेका छन्। आयात प्रतिबन्धले राजस्व झनै घटेको छ। जसले गर्दा सरकारको आम्दानीमा पनि कमी आएको हो।

चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । हालसम्म वार्षिक लक्ष्यको ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान सरकारले लिएको छ ।

पूँजीगत खर्च सुस्त
सरकारले चालुृ आर्थिक वर्षमा पनि पूँजीगत खर्च बढाउन सकेको छैन। चालु आर्थिक वर्षको ७ महिनासम्ममा सरकारले लक्ष्यको १७ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ।

यस वर्ष ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म ६५ अर्ब ५६ करोड रुपैयाँ मात्रै खर्च भएको छ। आर्थिक वर्षको अन्तिममा मात्र अत्याधिक बजेट खर्च गर्ने प्रबृत्ति यस वर्षै पनि उस्तै रहने देखिन्छ। यस्तै सरकारले माघ २८ गतेसम्ममा ४४.६९ प्रतिशत चालु खर्च र २९.९५ प्रतिशत वित्तीय खर्च गरेको छ।

सरकारको राजस्व लक्ष्य नपुग्ने देखिएपछि सरकारले राजस्वको लक्ष्य बजेटको अर्धवार्षिक समीक्षामार्फत घटाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर