
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँ आन्तरिक उठाउने भएको छ । राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गर्दै तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउने भएको हो ।
सरकारले तेस्रो त्रैमासमा ट्रजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण नउठाएको सरकारले दोस्रो त्रैमासमा भने ३० अर्ब रुपैयाँ उठाएको थियो ।