२०८१ माघ २४ बिहीबार

काठमाडौं– नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या २१ लाख नाघेको छ । नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड र चीनमा निर्मित भेरोसेल खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ७ लाख १४ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाएका छन् । यसैबीच, नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाज मार्फत् आठ लाख मात्रा खोप ल्याइएको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानि बेइजिङ उडेको थियो । बाँकी एक लाख डोज खोप लिन आज हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ती दुईलाख मात्रा खोप निः शुल्क ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय