२०८१ माघ २७ आईतवार

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आइपिएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन । यो सेवाको सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु नपर्ने भएको छ । अनलाइबाटै सबै प्रकृया पूरा गरी कारोबार गर्न सकिनेछ ।अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन २ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आइपिएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमाफर्म बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने हुन्छ । अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्टआइपिएसमा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनुपर्छ । सेल्फ भेरिफाइ गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमाफरक हुन सक्ने बैंकले जनाएको छ । कनेक्ट आइपिएसमा हाल ५४ बैंक तथा वित्तिय संस्था सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय