२०८२ असार ३० सोमबार

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताएका हुन् ।

उनले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको बताए । नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको उनले बताए । उनले सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले रनवेबाट बाहिर गएको जहाजलाई राष्ट्र बैंकले सही ठाउँमा ल्याउन प्रयत्न गरिरहेको पनि उल्लेख गरे । उनले दुई/तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गरे । हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको बताए ।

उनले ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी वृद्धि,निर्यात र उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताए । उनले ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको बताए ।

पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढीरहेको खतिवडाले बताए । उनले चालु पुँजी कर्जा लिने र स्थिर पुँजीमा लगानी गर्दा समस्या आएको बताए । राष्ट्र बैंकले घरजग्गा कारोबार र निर्माण व्यवसाय क्षेत्रको कर्जा खुकुलो गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले वर्षौंसम्म अवैध रुपमा चल्ने गिटी, बालुवा, क्रसर तिब्र निर्माणको समयमा बन्द गर्न नहुने बताए । उनले निर्माण गर्ने समयमा क्रसर उद्योग बन्द गराएर ठेकेदारले समयमा काम सम्पन्न गरेन भन्न नमिल्ने बताए । सरकारले क्रसर उद्योगका समस्या किस्ताकिस्तामा समाधान गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय