२०८२ असार ३० सोमबार

काठमाडौं । तरलतामा सुधारकाे संकेत देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ५.९५ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २८ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष २७ गते बुधबारसम्म बैंकहरूकाे निक्षेप ५३ खर्ब २० अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप १२ अर्बले बढेकाे हाे ।

यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ११ अर्बले बढेर ४७ खर्ब एक अर्ब पुगेकाे छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि बढेर ४२ खर्ब ४२ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ९० अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.५७ प्रतिशतबाट घटेर ८६.४७ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ६.४७ प्रतिशतबाट ५.९५ प्रतिशतमा झरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय