२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले जेम एन्ड ज्वेलरी एक्स्पो–२०२३ आयोजना गर्ने भएको छ । नेपाली बहुमूल्य आभूषण व्यवसायको अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले एक्स्पो आयोजना गर्ने भएको हो।

आगामी शुक्रबारदेखि आइतबारसम्म उक्त एक्स्पो होटेल याक एन्ड यतीमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। एक्स्पो बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार एक्स्पोमा ३८ कम्पनी सहभागी हुनेछन्।

बिहीबार ज्वेलरी फेसन शो हुनेछ। उक्त शोमा भारतीय सिने अभिनेत्री मलाइका अरोरा नेपाली पोशाक र आभूषणमा प्रस्तुत हुने छिन्। उक्त शोमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ । साथै अन्य ज्वेलर्स कम्पनीहरूले पनि फेसन शो गर्नेछन् ।

एक्स्पो अवलोकनका लागि भारतको जेम एन्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको प्रतिनिधि आउने आयोजकले जानकारी दिएको छ। यो एक्स्पोले व्यवसायीहरूलाइ नयाँ प्रविधि र व्यापारिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने आयोजकले विश्वास लिएको छ। एक्स्पो १० देखि १५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर