२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ५३ खर्ब रुपैयाँमाथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस २० गतेसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।

बुधबार एकैदिन निक्षेप ८ अर्ब रुपैयाँले बढेर ५३ खर्ब माथि पुगेको हो। मंसिरको अन्तिमसम्ममा ५२ खर्ब २९ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन पुसमा नै ७२ अर्ब रुपैयाँले बढीसकेको छ। कुल निक्षेपमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४६ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरुको कर्जा लगानी भने खासै बढ्न सकेको छैन। मंसिर अन्तिमसम्ममा ४७ खर्ब ५९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी पुस २० गतेसम्ममा ४७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जामा वाणिज्य बैंकहरुको मात्रै कर्जा ४२ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ।

पुस २० गतेको तथ्याँक अनुसार बैंक तथा वित्तीय संस्थाको औसत सिडि रेशियो ८६.५६ प्रतिशत कायम भएको छ। यसले अझै बैंकहरुसँग कर्जा लगानीको लागि पर्याप्त रकम रहेको देखाउछ।

बैंकहरुमा लगानीयोग्य रकम बढेकै कारण अन्तरबैंक सापटीको ब्याजदर पनि घटेको छ। पुस २० गतेसम्ममा बैंकहरुले ६.८३ प्रतिशत ब्याजदरमा अन्तरबैंक सापटी चलाइरहेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर