२०८२ श्रावण १ बिहीबार

काठमाडौं । विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार आव २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तको तुलनामा १३.१ प्रतिशतले कमी आई रु.१२ खर्व १५ अर्ब ८० करोड कायम भएको हो ।

अघिल्लो वर्ष यस्तो सञ्चिति ०.२ प्रतिशतले कमी आई रु.१३ खर्व ९९ अर्ब ३ करोड कायम भएको थियो । अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले कमी आई रु.९ अर्ब ५४ करोड डलर कायम भएको छ । अघिल्लो वर्ष यस्तो सञ्चिति ०.९ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तको रु.१२ खर्व ४४ अर्ब ६३ करोडको तुलनामा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई रु.१० खर्व ५६ अर्ब ३९ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चितिको अंश ८६.९ प्रतिशत रहेको छ । त्यसैगरी, कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर