२०८२ असार ३० सोमबार

काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेड तेह्रौ बर्ष पूरा गरि चौधौं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाको छ ।

सो क्रममा संस्थाले काठमाण्डौ जिल्ला, सलम्बुटार, साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबार विहीन सुस्त मनस्थिती भएका बालबालिकाहरु तथा मानवसेवा आश्रम, रानीवन काठमाण्डौमा रहेका आश्रीत बालवालिका तथा बृद्धहरुलाई आवश्यक पर्ने औषधी सामाग्रीहरु वितरण गरेको छ ।

त्यस्तै, संस्थाको महेन्द्रनगर शाखाले महाकाली क्षेत्रिय अस्पताल महेन्द्रनगरमा रहेका गरिब विरामीहरुलाई फलफुल वितरण गरेको छ, भने कोहलपुर शाखाले कोहलपुर स्थित श्री नेपाल राष्ट्रिय प्राविमा अध्ययनरत विधार्थीहरुलाई युनिफर्म वितरण गरेको छ । लमजुङ्ग शाखाले चिसापानी लमजुङ्ग स्थित श्री कालिका मिलन माध्यामिक विद्यालयलाई आवश्यक पर्ने प्रिन्टर सहित स्टेसनरी सामग्री वितरण गरेको छ ।

उक्त कार्यक्रममा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, संचालक विनोदकुमार तण्डुकार, संचालक तुल्सीप्रसाद बराल र संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत संस्थाले काठमाडौं महानगर २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाडौं, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा,, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँके शाखा सहित २१ वटा शाखा कार्यालयहरुले सेवा पुर्याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय