२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको हो । राष्ट्र बैंकले दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रोमा ८८ अर्ब र चौथोमा एक खर्ब ३८ अर्ब गरी कुल दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर