२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्रणालीको रुपान्तरणकारी आयोजना-विद्युतीय बस संचालनका लागि (इलेक्ट्रिक बस र्‍यापिड ट्रान्जिट- इबीआरटी) को अवधारणापत्रमा नगर विकास कोष र काठमाडौं महानगरपालिका बीच छलफल भएको छ। विद्युतीय बस संचालनका लागि बनाइएको इबीआरटी अवधारणामा कोष र महानगरपालिकाबीच सहकार्य गर्न छलफल भएको हो।

नगर प्रमुख बालेन्द्र शाह तथा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच कोषबाट हरित जलवायु कोष ग्रीन क्लाइमेट फन्ड (जीएफआई) को स्रोत परिचालन गर्नेगरी उक्त अवधारणामा छलफल भएको कोषले जनाएको छ।

उपत्यकामा सार्वजनिक यातायात प्रणालीको रुपान्तरणकारी आयोजना विद्युतीय बसको अवधारणा अगाडि सारिएको छ। सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पनि छलफल भएको छ।

यो विधेयकमा व्यवस्था गरिएको संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको काम अगाडि बढाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर