२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । हिमालय एयरलाइन्सले गत बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ । कम्पनीले बिहीबारबाट मलेसियातर्फ उडान सुरु गरेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अब काठमाडौं-मलेसिया, भैरहवा- मलेसिया उडान सुरु भएको छ । कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय दरभाउ मै हवाई इन्धन उपलब्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ ।

कम्पनीले एयरबस ३२० को जहाजमार्फत उडान भरेको थियो । हिमालयन एयरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर