२०८२ असार २९ आईतवार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रुपैयाँ ४ लाख ५३ हजार ८ सय ४० मुल्य बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस् भन्ने मनसायले एक समारोह बीच प्रदान गरेको हो ।

बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु प्रदान गरेको हो ।

सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए ।

सो समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय