२०८२ असार २९ आईतवार

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.५ प्रतिशतले बढेको छ ।

२०७९ भदौमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६५.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३४.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ०.४ प्रतिशत र विकास बैंकको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।

२०७९ भदौमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ भदौमा यस्तो कर्जाको अनुपात क्रमशः ६६.९ प्रतिशत र १२.२ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत र निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ०.७ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ ।

प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.४ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशत, डिमाण्ड तथा चालु पुँजी कर्जा १.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जासमेत) ३.३ प्रतिशत र हायर पर्चेज कर्जा ०.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ५.८ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ भदौमा एक खर्ब आठ अर्ब ४९ करोड लगानीमा रहेको छ । २०७९ भदौमा एक लाख ४७ हजार नौ सय २६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब २३ करोड कर्जा बक्यौता रहेको छ ।

सोमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार तीन सय दुई ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६७ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार सात सय ९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ३४ ऋणीको तीन अर्ब ४६ करोड कर्जा बक्यौता रहेको छ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ भदौमा ८९ करोड ७३ लाख बक्यौता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय