२०८२ असार ३० सोमबार

काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न हालसम्म ७३ समूहमार्फत ६१२ जनाले अनुमति लिएका छन्। पर्यटन विभागकाअनुसार बिहीबारसम्म २३ वटा हिमाल चढ्नका लागि ६१२ जनाले आरोहरण अनुमति लिएका हुन्। अनुमति लिनेहरूमा ४७० जना पुरूष र १४२ जना महिला रहेका छन्। यो सिजनका लागि सबैभन्दा धेरै चार सय ४ जनाले मनास्लु हिमाल चढ्न अनुमति लिएका छन्।

शरद ऋतुमा मनास्लु हिमाल धेरै पर्यटकको रोजाइमा पर्छ। यसपाली आरोहण अनुमति सुरू भएलगत्तै मनास्लु चढ्न सबैभन्दा धेरै पर्यटकले अनुमति लिएका छन्। हिमलुङ्ग, धवलगिरी, आमादब्लम, अन्नपूर्ण, सगरमाथा लगायतका हिमाल आरोहणका लागि अनुमति लिएका छन्। यसबाट विभागले ५ करोड ८५ लाख रूपैयाँ रोयल्टी संकलन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय