काठमाडौं । बैंक तथा वितीय संस्थालाई थप कडाई गरिने नेपाल राष्ट बैकले जनाएको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा काठमाडौं जिल्लामा तीनवटा शाखा, विकास बैंकहरुले २ वटा र फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाएको हो । ललितपुरमा बाणिज्य बैंकहरुले २ वटा, भक्तपुरमा एउटा एउटा शाखा सञ्चालन गर्न सक्नेछन् । विकास बैंकहरू र फाइनान्स कम्पनीहरुले भने ललितपुरमा र भक्तपुरमा एक/एक वटा शाखा खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको, सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सुचना दैनिक रुपमा प्रकाशन गर्नुपर्ने भएको छ । यसअघि बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने व्यवस्था गरिएको थियो ।
काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउने व्यवस्था यसअघि थियो । तर अहिले राष्ट्र बैंकले सो व्यवस्थालाई परिमार्जन गर्दै यस्तो प्रावधान गरेको हो । बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने व्यवस्था मिलाइएको पनि केन्द्रीय बैकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2021 Business Bahas. All Rights Reserved.
Made with ❤️ By Gorkhaly Labs