२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । सेयर बजार लगातार घटेर १८ सय नजिक पुगेको छ। बजारमा घटेपनि आइतबार कारोबार रकम भने बढेको छ। आइतबार सेयर परिसूचक २३.३८ अंक ओर्लिँदा १८१५.१३ को विन्दुमा सिमित हुन पुगेको हो। घटेको बजारमा किनबेच चर्किएको छ। अधिकतम सेयरको मूल्य घट्दा बिक्री चाप बढेको हो।

सस्तोमा बेचेर उम्किँदा आइतबार बजारमा एक अर्ब ७ करोड रुपैयाँको कारोबार भएको हो। आइतबार कारोबार रकम पछिल्लो औसतभन्दा माथि छ। आइतबार लक्ष्मी बैंकको मात्र २६ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकको सेयर मूल्यमा २.६६ प्रतिशतको उछाल देखिन्छ। कुल कारोबार रकमको २४ प्रतिशत बैंकको सेयर कारोबार भएको हो।

लक्ष्मी बैंकसँगै ४ अन्य वाणिज्य बैंकको सेयरमा खरिद बाक्लो छ। एसबिआइ बैंकको सेयर पनि १.२३ प्रतिशत बढेको हो। एभरेष्ट, सिद्धार्थ र कुमारी बैंकको सेयर मूल्य पनि बढेको छ।

तर वाणिज्य बैंकहरुको प्रतिनिधि उपसमूह आज ०.७१ प्रतिशत घटेको छ। कारोबारमा आएका अधिकांश उपसूचक फराकिलो दरले घटेका छन्। औसत डेढ प्रतिशतले उपसूचक घट्दा प्रमुख सूचक १.३० प्रतिशत घटेको हो। विशेषगरी लागानी, जलविद्युत र फाइनान्समा सेयरमा बिक्री चाप देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर