
काठमाडौं । भदौं अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। साढे ७ अर्ब रुपैयाँले बैंकहरुको निक्षेप बढेको हो। भदौ २४ गतेसम्म आइपुग्दा बैंकहरुले कुल ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन्। भदौ १७ गतेसम्म निक्षेप ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ थियो।
विशेषगरी स्वदेशी मुद्रको निक्षेप बढेको हो। एक साताको अन्तरालमा यस्तो निक्षेप ९ अर्ब १७करोड रुपैयाँ बढ्यो। सो अवधिमा एक अर्ब ६२ करोड रुपैयाँ विदेशी मुद्राको निक्षेप घटेको हो।
भदौ चौथो साता वाणिज्य बैंकहरुको कर्जा पनि थप ६ अर्ब ८६ करोड रुपैयाँ विस्तार भएको छ। भदौ २४ गतेसम्म आइपुग्दा बैंकहरुले कुल ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
अघिल्लो साता ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ ऋण बैंकहरुले दिएका थिए। यो अवधिमा स्वदेशी मुद्राको कुल ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा दिएको छ। यस्तै, विदेशी मुद्राको कर्जा भने ६९ करोड रुपैयाँ घटेको हो।