
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको बताए।
अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यकता रहेकाे अध्यक्ष गाेल्छाकाे भनाइ छ। उनले भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष गोल्छाले भने, ‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरू रहेका छन्। त्यो चिन्ता डरलाग्दो अवस्थामा रहेको छ। विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौँ। अहिलको अर्थतन्त्रमा देखिएको समस्याको समाधान दीर्घकालीन मात्रै हुनसक्छ। अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ। उद्योग व्यवसायहरू चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो। उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ। उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुई मत छैन। अर्थतन्त्र संकुचन हुने अहिलको अवस्था रहेको छ। उद्योग व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचनमा रहेको छ। कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन सकेको छैन। नेपालको विज्ञापन बजार करिब पौने अर्ब पुगेको छ। अवस्था सहज भएको भए आज अहिलेसम्म २० अर्बको बजार पुगेको हुने थियो। कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरू दर्ता भएका छन्। विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा १ लाख १५ हजारभन्दा बढीले यो क्षेत्रमा जोडिएका छन्।’