काठमाडौं । तातोपानी नाकामा रोकिएको सामाग्रीहरु चिनियाँ पक्षले छोड्न सुरु गरेको छ। चीनले शनिबारदेखी सामान छाड्न सुरु गरेको हो। तातोपानी भन्सार नाकाबाट शनिबार पाँच कन्टेनर सामान आएको हो। आइतबार तीन कन्टेनर सामाग्री आएको भन्सार कार्यालयका एक कर्मचारीले बताए।
ती कर्मचारीका अनुसार तातोपानी नाकामा २५ वटा भन्दा धेरै कन्टेनर रहेका छन्। तर चिनियाँ पक्षले थोरै मात्रै सामाग्री छाडेको हो। कोभिड बढेको भन्दै चीनले तातोपानी र केरुङ नाका बन्द गरेको थियो। स्रोतका अनुसार चीनले दसैंका लागि मगाएको र नाकामा रोकिएको सामान मात्रै छाडेको हो।
चीनको तिब्बतमा अहिले पुर्ण रुपमा लकडाउन रहेको छ । कोभिडकै कारण देखाउदै चिनियाँ पक्षले बारम्बार नाका बन्द गर्दै आएको छ।















