२०८२ कार्तिक २५ मंगलवार

काठमाडौं। कोभिड-१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गरिएको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनेमा राष्ट्र बैंकले शंका गरेको छ। बैंकिङ क्षेत्र पनि प्रभावित हुने चिन्ता राष्ट्र बैंकले ब्यक्त गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न समेत चुनौतीपूर्ण हुने बताएका हुन्। अघिल्लो चैतमा गरिएको लकडाउनताका नियमनकारी नीतिगत सहजताले गर्द बैंकिङ क्षेत्रले ब्यवस्थापन गर्न सकेको थियो। ‘तर, कोभिड-१९ को दोस्रो लहरका कारण अबलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुन: प्रभावित भइ बैंकिङ क्षेत्रपनि प्रभावित सम्भावना रहेको छ’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
चैतसम्म बैंकिङबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुन: शिथिलतातर्फ जाने राष्ट्र बैंकको विश्लेषण छ। कर्जाको माग उल्लेख्य भढ्दा वैशाख लागेपछि अल्पकालिन ब्याज केही बढेका थिए। यसले कर्जा र निक्षेपको ब्याज बढाउने अनुमान राष्ट्र बैंकको थियो। तर निषेधाज्ञाका कारण नयाँ कर्जाको मागमा कमी आइ तरलता र ब्याज सामान्य रहने केन्द्रीय बैंकको विश्लेषण छ। चैतसम्म विप्रेषण सन्तोषजनक रहेपनि विश्वब्यापी रुपमा कोभिड-१९ को दोस्रो लहर फैलिएको र एक बर्षभन्दा बढि समयसम्म रोजगारीमा जाने नेपालीको संख्या नबढेकोले रेमिटेन्स आय प्रभावित हुने राष्ट्र बैंकको विश्लेषण छ। पछिल्ला दिनहरुमा आयात बढेर शोधनान्तर बचत घटिरहेको थियो। अहिले आयात कम भएको छ। स्वास्थ्य सेवाबाहेकका आयात प्रभावित हुने भन्दै शोधनान्तर बचतमा केही कमी हुँदै गए पनि बर्षको अन्तिमसम्ममा विदेशी मुद्राको सञ्चिति भने लक्षित तहभन्दा माथि हुने राष्ट्र बैंकको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर