२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । स्वास्थ बीमा बोर्डले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाको उपचार गर्ने सेवा प्रदायक संस्थाहरुलाई करिब २ अर्ब ६७ करोड रुपैयाँ दाबी भुक्तानी तिरेको छ। बोर्डको गत सोमबार बसेको बैठकले दाबी रकम पूर्ण र आंशिक पेश्की तिर्ने निर्णय गरेको थियो। बोर्डले गत वर्षको असार मसान्तसम्मा २१ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

त्यस यता पुन: २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ सेवाप्रदायक संस्थाहरुलाई वितरण गरेको बोर्डले जनाएको छ। अर्थ मन्त्रालयलले पठाएको र बीमा कोषको रकमले दाबी भुक्तानी तिरेको बोर्डका कार्यकारी अधिकृत दामोदर बसौलाले बताए। ‘मन्त्रालयले २ अर्ब रुपैयाँ दाबी भुक्तानीको लागि पठाएको थियो। बाकी बोर्डको बीमा कोषमा भएको रकमले भुक्तानी दिएको हो’, उनले भने।

उनका अनुसार अब बोर्डले स्वास्थ्य बीमा बापतको करिब २ अर्ब ५० करोड रुपैयाँ मात्र तिर्न बाँकी छ।७ वर्षको अवधिमा बोर्डले करिब २३ अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर