२०८१ माघ २५ शुक्रबार

काठमाडौं । सरकारले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि मात्रै २३ अर्ब बढि खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मात्रै संघ, प्रदेश र स्थानिय सरकारले आईसोलेशन, स्वास्थ्य सामग्री तथा क्वारेन्टिन निर्माणका लागि मात्रै बैशाख मसान्तसम्ममा २३ अर्ब १४ करोड खर्च गरेको देखिएको छ । हालसम्म कोरोना रोकथामका लागि प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष, स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानिय तहले छुट्टाछुट्टै रुपमा खर्च गरिरहेका छन् ।
यस अनुसार चालु आर्थिक वर्षमा ९ अर्ब ६० करोड र गत आर्थिक वर्षमा १३ अर्ब ५४ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । महालेखाको तथ्याकं अनुसार कोषबाट २ अर्ब ५२ करोड, संघिय बजेटबाट ८ अर्ब ५४ करोड, प्रदेशबाट ३ अर्ब २ करोड र स्थानीय तहले हालसम्म ९ अर्ब ६ करोड खर्च गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आर्थिक वर्ष ७ अर्ब बढि रकम विनियोजन गरिएको थियो । कोरोना नियन्त्रणमा पछिल्लो समय खोप लगायतले खर्चको आकार बढ्दै गएकोले तथ्याकं अद्यावधिक गर्दा अझै यो रकम बढ्न जाने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय