२०८२ श्रावण १ बिहीबार

प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंकको प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्नेे ग्राहकहरुले डिशहोम टीभी र डिशहोम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्नेछन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर