२०८२ असार ३० सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले लघुवित्त संस्थामा निगरानी बढाएको बताएकी छन् । त्यस्ता संस्थाको गुनासो बढेपछि उनले निकारानी बढाएको बताएकी हुन । लघुवित्त अभियान्ता समेत रहेका निर्धन उत्थान लघुवित्तको संस्थापक स्वर्गीय डा. हरिदेव पन्तको सातौं स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर तिम्सिनाले लघुवित्तको कर्जा सदुपयोगको बिषयमा प्रश्न राखेकी थिइन ।

लघुवित्तले उत्पादनशील क्षेत्रमा गरेको लगानीको अवस्थामा कस्तो छ । त्यस्ता लगानी कता परिचालना भएको छ, त्यसको सदुपयोग भएको छ की छैन भन्ने जस्ता उनको प्रश्न थियो ।

उनले लघुवित्त संस्थाहरुले महिला सशक्तिकरण, गरिबी न्यूनीकरण,आर्थिक विकास र वित्तीय पहुँच वृद्धिमा गरेको योगदान सकारात्मक रहेको उल्लेख गरिन । तर पनि समावेशी आर्थिक विकासको कदको बाबजुत गरिबीको रेखामुनी रहेको जनसंख्या १८ प्रतिशत र वित्तीय पहुँच बाहिरको जनसंख्या २१ प्रतिशत रहेको उनको भनाई थियो ।

लघुवित्त कार्यक्रमले महिला सशक्तिकरण र आर्थिक विकासमा सहयोग गरेकोमा उनले जोड दिइन । लघुवित्त संस्थाका सेवा पुगेका स्थानका महिला बढी सशक्त देखिएको अधिकांश लघुवित्त सदस्यले छोरा र छोरीलाई समान व्यवहार गर्ने दीगो योजना बनाउने जस्ता सकारात्मक प्रयास भएको बिषयमा भने उनले प्रशंश गरेकी थिइन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले पनि लघुवित्तको कर्जा दुरुपयोग बिषयमा जिज्ञासा राखेका थिए । उनले एउटा प्रयोजनका लागि लिएको कर्जा अर्कै प्रयोजनमा खर्च गर्ने जस्ता विकृति लघुवित्त कार्यक्रमा देखिएको भन्दै त्यसलाई सुधार गर्न अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय