२०८२ असार २९ आईतवार

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु. २२.५० लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजनाअन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्नुहुने खातावालहरुले आफनो लागि रु. १० लाखसम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवनबीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनुहुनेछ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले १ बर्षदेखि २ वर्षसम्मको मुद्धती खाता खोल्न सक्नुहुनेछ र जति अवधिको मुद्धती खाता खोलिन्छ त्यति नै समयअवधिको लागि बीमा सुविधा प्राप्त गर्नुहुनेछ । यो योजनाबाट ग्राहकहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदिजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय