
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत सानिमा मोबाइल बैंकिङबाट पहिलोपटक टपअप गर्ने ग्राहकहरूले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबै भन्दा बढी कारोबार गर्ने तीन जना ग्राहकहरूले मोबाइल फोन जित्नसक्ने बैंकले जानकारी दिएको छ । मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिने छ ।
यो योजना भदौ १३ देखि मंसिर १३ गतेसम्म लागु हुने बैंकले जनाएको छ । हाल सानिमा बैंकले १२७ वटा कार्यालय तथा १२० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।