२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पहिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरु भित्रिएको छ । भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरु आएको छ । वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड ७६ लाख २३ हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ ।

गत साउनमा भैरहवा नाकाबाट १८ अर्ब ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड १३ लाख ५० हजार रुपैयाँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७६ करोड ९० लाख ७७ हजार रुपैयाँ र नेपालगन्जबाट ५ अर्ब २२ करोड ७३ लाख ९० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

सोही समयमा मेची नाकाबाट ४ अर्ब ९ करोड ८ लाख ८२ हजार रुपैयाँ, रसुवागढीबाट २ अर्ब ४२ करोड ३८ लाख ४६ हजार रुपैयाँ, कैलालीबाट १ अर्ब ८७ करोड ३३ लाख ३० हजार रुपैयाँ, कृष्णनगरबाट १ अर्ब ७९ करोड ४३ लाख ४५ हजार रुपैयाँ, तातोपानीबाट १ अर्ब १८ करोड ३८ लाख ३१ हजार रुपैयाँ र जलेश्वरबाट ७० करोड ४४ हजार ४० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत साउनमा नेपालमा सबैभन्दा कम वस्तु राजविराज नाकाबाट भित्रिएको छ । सो नाकाबाट उक्त अवधिमा २९ लाख १९ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो । विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवन्ध लगाउँदा अघिल्लो आर्थिक बर्षको साउन महिनाको तुलनामा चालु आर्थिक बर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो।

गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो। यसैगरी, निर्यातमा पनि गत वर्षको तुलनामा २८.६८ प्रतिशतले गिरावट आएको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर